काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही जिल्ला बुटवल उपमहानगरपालीका वडा न ११ निवासी ४१ वर्षीया महिलाको मंगलबार बिहान ५:१० बजे मृत्यु भएको हो।
उनलाई ज्वरो र स्वाप्रस्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो। उनी कार्तिक ३ गतेको कोरोना पोजेटिभ भई अस्पतालमा भर्ना भएकी थिइन्।
उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। उनी मधुमेहकी बिरामी समेत थिइन्।