काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
इटहरी सुनसरीका ५६ वर्षीय पुरुष उपचारका क्रममा सोमबार बलुका ९ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्त डा आशिष श्रेष्ठले जानकारी दिए।
अस्पतालका अनुसार उनको कार्तिक १ गते कोरेना पोजेटिभ आएको थियो। उनी कार्तिक ३ गते अस्पतालमा भर्ना भएका थिए।