काठमाडौं- देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
मंगलबार ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमितमध्ये २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार २ सय ६६ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ३ सय ९३, प्रदेश २ मा ८ सय २१, लुम्बिनी प्रदेशमा ३ हजार ३ सय ८३, सुदूरपश्चिम प्रदेशमा ५९१, गण्डकी प्रदेशमा ९३५ र कर्णाली प्रदेशमा ८०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।