काठमाडौं- बागमती प्रदेश सरकारअन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड-१९ को परीक्षण र उपचार दसैँ बिदामा पनि निरन्तर हुने भएकाे छ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालका अनुसार साविक बमोजिम निःशुल्क रहिरहेको र दसैँको बिदामा पनि परीक्षण र उपचार सुचारु रहिरहने छ।
काेराेनाकाे लक्षण देखिएमा र सास फेर्न समस्या भएमा बिदाकाे समयमा पनि अस्पतालले भर्ना लिने मन्त्री दुलालले बताए।