काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ५ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ५ लाख ६४ हजार ७५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ८१ लाख २४ हजार ४ सय ७६ पुगेको छ। त्यस्तै भारतमा ७५ लाख ९७ हजार ६३, ब्राजिलमा ५२ लाख ७३ हजार ९ सय ५४ र रुसमा १४ लाख २२ हजार ७ सय ७५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख २३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ११ लाख २३ हजार ७ सय ६७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख २० हजार ९ सय ४४, ब्राजिलमा १ लाख ५४ हजार ८ सय ३७, मेक्सीकोमा ८६ हजार ८ सय ९३, बेलायतमा ४४ हजार ५७, इटालीमा ३६ हजार ७ सय ५ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ७८ लाख ४३ हजार १ सय ४५ जना संक्रमणमुक्त भएका छन्।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३२ लाख ९५ हजार १ सय ४८, रुसमा १० लाख ८० हजार ४ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ३९ हजार ९ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ९६ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् भने ७ सय ६५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७५ लाख ९७ हजार ६३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १५ हजार १ सय ९७ पुगेको छ। भारतमा हालसम्म ६७ लाख ३३ हजार ३ सय २८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख २४ हजार ७७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ८ हजार २० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ९१ हजार ५ सय ८६ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७ हजार १ सय ४१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार ३ सय ५७ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९९ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ७ सय ९० जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार २ सय ७१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार २ सय ३४ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ५ हजार ८ सय ११ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ४ सय ५७ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३३० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३०१ छ।