काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बुधबार ४४ हजार ४ सय ७६ जना संक्रिय संक्रमित मध्य २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ४ सय ७४ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ५ हजार १ सय ३८, प्रदेश २ मा ९ सय ४५, लुम्बिनी प्रदेशमा ३ हजार ४ सय ४०, सुदूरपश्चिम प्रदेशमा ७१८, गण्डकी प्रदेशमा ९७५ र कर्णाली प्रदेशमा ८१० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।