काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालका अर्थोपेडिक तथा स्पाइन सर्जन प्राडा कृष्णप्रसाद पौडेलको ‘कम्मरीदेखि कोभिड कहर’ नामक पुस्तक प्रकाशनमा आएको छ। उक्त पुस्तक हाड जोर्नी, नशा र स्वास्थ्य सम्बन्धी विषयमा लेखिएका छन्।
हड्डी, जोर्नी, नशा, मांसपेसी र मेरुदण्ड सम्बन्धी समस्याबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले पुस्तक लेखिएको लेखक डा पौडेलले बताए। पुस्तकले घरमै बसेर समस्याबारे थाहा पाई सामान्य उपचार गर्न सहयोग पुग्ने समेत उनले बताए।
यो पुस्तकमा ३१ वटा लेखहरु निबन्धको शैलीमा लेखिएका छन्। २२ वटा लेखहरू हाडजोर्नी र नशा सम्बधी छन् भने बाँकी समसामयिक स्वास्थ्य सम्बन्धी रहेको उनले बताए। बचपनदेखि बुढ्यौलीसम्म र महिलाहरूका पृथक समस्याहरू यस पुस्तकमा केलाइएका छन्।
आफूहरुले २० वर्षको कार्य अनुभवको आधारमा पनि व्याख्या गरिएकाले पुस्तक सबैले बुझ्न सकिने खालको भएको उनको भनाइ छ।