काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए। बिहीबार सो स्वाबको पोजेटिभ रिपोर्ट आएको पौडेलको सचिवालयले जानकारी दिएको छ।
पौडेलको सचिवालयले केही दिनअघि सामान्य लक्षण देखिएएको थियो। यसपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए। मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी विजया पौडेल, एक सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।
उनीहरू सबैको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।