काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।
यो सँगै नेपालमा एक लाख ५ हजार ४ सय ८८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ९ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार १६ हजार ८ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख ६७ हजार १६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ हजार ५ सय ९० जना क्वारेन्टाइनमा छन्। नेपालमा ४६ हजार ६ सय ९१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।