काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
शुक्रबार ४६ हजार ६ सय ९१ जना संक्रिय संक्रमित मध्य ३१ हजार ७ सय २७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार ३ सय ३८, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ९९५, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।