समाचार

नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दिपकराज भट्टलाई कोरोना संक्रमण

काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दिपकराज भट्टलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै कोरोना नियन्त्रणमा खटिँदै आएका भट्टको बुधबार कोरोना पोजिटिभ आएको हो।

भट्ट अहिले होम आइसोलेसनमा छन्। उनले आफ्नो सम्पर्कमा आएकालाई सचेत रहन र लक्षण देखिएमा पिसिआर परीक्षण गर्न आग्रह गरेका छन्।

भट्टलाई खोकी र शरीर दुख्ने लक्षण देखिएको छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने