काठमाडौं- बनेपास्थित क्युबिडी फर्मास्युटिकल कम्पनीले पुनः रगत पातलो बनाउने ( एन्टिकोअलुगेन्ट) औषधि रिभरक्सब्यान उत्पादन गरेको छ।
रिभारक्स ब्राण्डमा रिभारक्सब्यान औषधिले रगतको पातलो बनाउन मद्दत गर्ने कम्पनीका बजार प्रबन्धक ऋषिकेष भण्डारीले जानकारी दिए।
यसअघि कम्पनीले रगत पातलो गर्ने (एन्टिकोअलुगेन्ट) डबिकलट ब्राण्डको डबिगटन नामक औषधि बजारमा ल्याइसकेको भण्डारी बताउँछन्।
रिभरक्सब्यान औषधि २.५, १०, १६ र २० एमजीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। भण्डारीका अनुसार कम्पनीले उक्त औषधि बजारमा ल्याउन औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त गर्न प्रक्रिया अगाडि बढाइसकेकोे छ।
क्युबिडी फर्मास्युटिकल कम्पनीले ८ महिनाको अन्तरालमा १२ वटा औषधि उत्पादन गरिसकेको छ। कम्पनीले नेपालमा नपाइने औषधिहरु उत्पादनमा जोड दिने भण्डारी दावी गर्छन्।