काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालको उपचार सेवा विस्तार गर्ने भएको छ।
विस्तारका क्रममा प्रतिष्ठानले कोभिड अस्पतालमा २५ वटा हाई डिफेन्सी युनिट (एचडियु), १० वटा भेन्टिलेटर र नन इन्टेन्सिभ भेन्टिलेटर साथै ८ थान हाइए फोलो नसल क्यानुला जडान गरिने जनाएको छ।
त्यस्तैगरी कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको र दुई दिन भित्र जडान गरिने प्रतिष्ठानले जानकारी शुक्रबार विज्ञप्ति निकाल्दै जानकारी गराएको छ।
साथै थप अक्सिजन पोट सहित ४० बेडको क्षमता विस्तार गरिने समेत प्रतिष्ठानले विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतिष्ठानमा हालसम्म साढे ६३ हजार बढीको स्वाब परीक्षण भइसकेको छ। १ हजारभन्दा बढी कोरोना संक्रमितलाई प्रतिष्ठानले उपचार गरिसकेको छ।
हालसम्म सबै परीक्षण तथा उपचार निःशुल्क गरिएकोमा अब भने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क लिने प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।