काठमाडौं - नेपाल हेल्थ कर्प्सले नेशनल हेल्थ टेक प्रतियोगिताको आयोजना गरेको छ। स्वास्थ्य सेवाका लागि टेक्नोलोजी एक राष्ट्रिय प्रस्ताव लेखन प्रतियोगिताको आयोजना गरिएको कर्प्सले जनाएको छ।
प्रविधिको नवीन प्रयोगको माध्यमबाट देशको स्वास्थ्य सेवा प्रणालीको विकासमा मद्दत गर्न प्रतियोगिताको आयोजना गरिएको कर्प्सले जनाएको छ। यस प्रतियोगितामा कुनै पनि पृष्ठभूमी भएका विद्यार्थी तथा अन्यले आवदेन दिन सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन चाहन व्यक्तिले प्रविधिको माध्यमबाट स्वास्थ्य सेवामा पुर्याउन सक्ने योगदानलाई रचनात्मक समाधानको साथ प्रस्ताव पेश गर्नुपर्नेछ।
मंसिर १५ गतेसम्म आवेदशन दिन सकिने आयोजकले जनाएको छ। दानफे हेल्थको सहयोगमा हुने उक्त प्रतियोगितामा सहभागीमध्ये ५ वटा प्रस्तावहरु अवार्डका लागि छनौट हुनेछन्।
विजेताले १० हजार रुपैयाँ र रेजिडेन्सीयल नेशनल क्यापसिटि विल्डिङ वर्कशपमा सहभागी हुने पाउने प्रतियोगिताका संयोजक सुवास सुवेदीले बताए। बाँकी चार जनाले पनि उक्त वर्कशपमा सहभागी हनु पाउने उनले बताए।
यस किसिमको प्रतियोगिता र प्रस्तावले देशमा स्वास्थ्य सेवाको सुधारका लागि नवीन समाधान ल्याउनु भएको बताए।