काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा एक लाख ४१ हजार १ सय ३४ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलभ ६ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार ११ हजार १ सय ६६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ८० हजार ९ सय ७८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार २ सय ७७ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ४ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।