काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३७२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८२ जना आइसियु र ३९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आइसियु र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु उपचाररत रहेका छन्।