काठमाडौं- विश्व मिम दिवसको अवसरमा मेडक्याजम नेपालले मिम प्रतिस्पर्धाको आयोजना गर्दैछ। यसअन्तगर्गत मेडिकल क्षेत्रमा देखा परेका समसामयिक विषयमाथि हाँस्य व्यङ्ग्य मिम (फोटो, भिडियो तथा गिफ) बनाउनेहरुबीच प्रतिस्पर्धा हुनेछ।
मेडिकल क्षेत्रमा देखा परेका विषयवस्तुलाई हाँस्य ब्याङ्गयात्मक तरिकाले मिममा प्रस्तुत गर्नसक्ने विजेताले विभिन्न किसिमका पुरस्कार तथा गिफ्टह्यापर जित्न सक्ने छन्।
सहभागी हुन इच्छुकले फेसबुक तथा इन्स्टाग्राममा आफ्नो पोस्ट पठाउन सक्नेछन्। दुवै प्लेटफर्मका लागि छुट्टा छुट्टै दुई विजेता घोषणा गरिने छ।
कोभिड-१९ लाई लिएर मानिसका मन मष्तिस्कमा चलिरहेका मानसिक तनावको एउटा सानो बुटी यो प्रतियोगिताबाट प्राप्त हुने आशा गरेको आयोजकले जनाएको छ।
इच्छुकले १३ नोभेम्बरको १२ बजेसम्म [email protected] मा मिम सबमिट गरिसक्नु पर्नेछ। १४ नोभेम्बरको विश्व मिम दिवसमा विजेता घोषणा गरिने छ।
मेडक्याजम नेपाल मेडिकल क्षेत्रसँग सम्बन्धित मिम बनाउँदै आइरहेको सामाजिक सञ्जाल पेज हो।