काठमाडौं- भेरी वातावरण विशिष्टता समूह (बी ग्रुप) नेपालगञ्जले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पिपिई सेट सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
बी ग्रुपले बाँके जिल्लामा सञ्चालन भइरहेको कोभिड-१९ पूर्वतयारी र प्रतिकार्य कार्यक्रम अन्तर्गत (डिसिसिएमसी) र भेरी अस्पतालका लागि पिपिई, पल्स अक्सिमिटर, सर्जिकल मास्क, ग्लोभ्स, स्यानिटाइजर, एन-९५ मास्क, म्यानुअल स्प्रे मेसिन सहयोग हस्तान्तरण गरेको बाँके जिल्लाका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
बाँकेमा हालसम्म ३ हजार २ सय ५६ जना व्यक्ति संक्रमित भएका छन्।
तीमध्ये २ हजार ९७३ जना संक्रमणमुक्त भएका छन्। हालसम्म बाँकेमा ३४ जना संक्रमितको मृत्यु भएको छ भने बाँके जिल्ला २४९ जना र अन्य जिल्लाका १९ जना गरी २६८ जना सक्रिय संक्रमित रहेका छन्।