काठमाडौं- ‘स्याक्रिफाइस, करेज एन्ड क्यापासिटी अफ फ्रन्टलाइन हिरोज एन्ड इन्स्टिच्युसन अफ नेपाल टु कम्ब्याक्ट कोभिड–१९’ विषयमा शनिबार वे–भिनार हुने भएको छ। युवाहरुको समूह कम्पासको आयोजनामा हुने वे–भिनारमा तीन जना व्यक्तिले आआफ्नो धारणा राख्नेछन्।
टेकु अस्पतालका ट्रपिकल मेडिसिनका चिफ कन्सल्ट्यान्ट डा अनुप बास्तोला, वीर अस्पताल आइसियुका कोभिड–१९ नर्स ज्योति हमाल र फ्रन्टलाइन स्काउट न्हुज किजुको विशिष्ट आतिथ्यतामा कार्यक्रम हुन लागेको हो।
शनिबार साँंझ ५ बजे अनलाइनमार्फत हुने कार्यक्रममा तीन जना विशिष्ट ती व्यक्तित्वहरुले आआफनो धारणा राख्नेछन्। साथै कार्यक्रमपछि प्रश्नोत्तर, छलफल तथा अन्तक्र्रिया पनि हुने आयोजकले जनाएको छ। कार्यक्रमको मेडियटरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाईं रहने छन्।