काठमाडौं– रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) को अध्यक्ष पदका लागि चुनाव सुरु भएको छ। २०७७÷७८ कार्यकालको अध्यक्ष पदका लागि रानको चुनाव आज बिहान ९ बजेदेखि सुरु भएको हो।
रानको अध्यक्ष पदका लागि डा विकल लामिछाने, डा किरण पाण्डेय र डा प्रनाम जयरु चुनावी मैदानमा रहेको प्रमुख निर्वाचन अधिकृत डा रुद्रप्रसाद मरासिनीले बताए।
अनलाइनमार्फत भएको चुनाव दिउँसो ३ बजेसम्म हुनेछ। चुनावको नतिजा शुक्रबार नै दिउँसो सवा ३ बजे सार्वजनिक गरिने मरासिनीले जानकारी दिए।