काठमाडौं– धौलागिरि अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बाग्लुङ नगरपालिका– २ का ८० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ।
उनी कात्तिक १९ गते श्वासप्रश्वासमा समस्या भई आकस्मिक कक्षमा भर्ना भएका थिए।
उनको उपचारका क्रममा कात्तिक १९ गते दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनको आज कोरोना पृष्टि भएको छ। योसँगै धौलागिरि अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या दुई पुगेको छ।