काठमाडौं – रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान) को अध्यक्ष पदमा डा किरण पाण्डेय विजयी भएका छन्।
उम्मेद्धार दिएकामध्ये डा पण्डेय १ सय ३१ मत ल्याएर विजयी भएका हुन्।
र्यानको अध्यक्ष पदका लागि डा पाण्डेय सहित डा विकल लामिछाने र डा प्रनाम जयरुले उम्मेद्वारी दिएका थिए।
विधुतिय मतदानमा २८१ मतदातामध्ये १५३ जनाले मतदान गरेका थिए।
डा पाण्डेय २०७७/७८ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।