काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ३ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ३ लाख ९५ हजार १ सय ७४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९९ लाख ६८ हजार ३ सय २० पुगेको छ। त्यस्तै भारतमा ८५ लाख ५३ हजार ६ सय ५७, ब्राजिलमा ५६ लाख ६४ हजार १ सय १५ र रुसमा १७ लाख ६० हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १२ लाख ५६ हजार १ सय ७७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ३७ हजार ५ सय ५६, ब्राजिलमा १ लाख ६२ हजार ३ सय ९७, मेक्सीकोमा ९४ हजार ८ सय ८, बेलायतमा ४९ हजार १ सय ३४, इटालीमा ४१ हजार ३ सय ९४ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड ३० लाख ३२ हजार ५ सय २८ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५१ लाख ४७ हजार १ सय ७२, अमेरिकामा ३८ लाख ८१ हजार ४ सय ९१, रुसमा १३ लाख १५ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ९४ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय ८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार ७ सय ५४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २६ हजार १ सय २१ पुगेको छ। भारतमा हालसम्म ७८ लाख ६८ हजार ९ सय ६८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ४३ हजार १ सय ८९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १८ हजार ४ सय १७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २० हजार २ सय ३८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ६७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ३८ हजार १ सय ४५ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार ९२ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ४ सय ५८ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ९ सय ८६ जना रहेको छ। मृत्यु हुनेको संख्या ३९ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ९२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या १३ हजार ९ सय २९ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ३५ छ भने निको हुनेको संख्या ८ हजार २ सय ८५ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३५९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३३८ छ।