काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार १९ हजार ३८४ सक्रिय कोरोना संक्रमितमध्ये १५ हजार २९६ संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार देशभर ३६ हजार १७४ सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा २९ हजार ८३६ जना संक्रमित रहेका छन्।
काठमाडौंमा १५ हजार ९८२, ललितपुरमा २ हजार २५९ र भक्तपुरमा १ हजार १४३ सक्रिय संक्रमित रहेकामध्ये होम काठमाडौंमा ११ हजार ६५१, ललितपुरमा १ हजार ८३१ र भक्तपुरमा १ हजार ८१४ संक्रमित होम आइसोलेसनमा छन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। हरेक दिन नयाँ संक्रमित पुष्टि हुँदा ६० प्रतिशत संक्रमित उपत्यकामा पुष्टि भइरहेका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्। तीमध्ये काठमाडौंमा २७५, ललितपुरमा ६८ र भक्तपुरमा ७२ संक्रमितको मृत्यु भएको छ।
हालसम्म कामठाडौंमा ५६ हजार ९४६, ललितपुरमा ८ हजार २७ र भक्तपुरमा ५ हजार ३८३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशभर २ हजार ५७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
२४ घण्टामा १ हजार ७९८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ। आज देशभर १८ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १२६ पुगेको छ।