काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना १९ को उपचार प्रभावकारी बनाउन केन्द्र र प्रदेश अस्पतालका आपसमा परामर्श गर्ने व्यवस्था गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार प्रदेश भित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेली मेडिसिन हब अस्पतालमा र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हब अस्पतालका चिकित्सकहरुसँग परामर्श गर्न सकिने व्यवस्था मिलाइएको छ।
त्यसका लागि मन्त्रालयले आठ प्रदेशका चिकित्सक फोकल पर्सनको रुपमा जिम्मेवारी समेत दिएको छ। सम्बन्धित प्रदेशका चिकित्सकहरुले तोकिएका फोकल पर्सनलाई फोन, एसएमएस र इमेलमार्फत कन्सल्टेसन सेवा लिन सक्ने छन्। उनीहरुसँग टेलि मेडिसिनका विषयमा राय परार्मशका लिन सक्ने मन्त्रालयले जनाएकोछ ।
त्यसका लागि मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा सरदचन्द्र बराल र डा सनिस गुरुङ, सेती प्रादेशिक अस्पताल, धनगढीमा डा शेरबहादुर कमार र डा कपिल गौतम, सुर्खेत प्रादेशिक अस्पतालमा डा नारायण केसी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यास) वीर अस्पतालमा डा विष्णुदत्त पौडेल र डा अच्युत कार्की, कोशी अस्पतालमा डा देनप्रसाद आचार्य र डा प्रविणकुमार झा, लुम्बिनी प्रादेशिक अस्पतालमा डा सुर्दशन थापा र डा सुरेन्द्र कुँवर र जनकपुर अस्पतालमा डा रामदेव चौधरीलाई फोकल पर्सन तोकिएको छ।
यी हुन मन्त्रालयले तोकेका फोकल पर्सन र उनीहरुको सम्पर्क नम्बरः
