काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ८ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ८ लाख १ हजार ४ सय ७१ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ४२ हजार ५० पुगेको छ। त्यस्तै भारतमा ८५ लाख ५३ हजार ६ सय ५७, ब्राजिलमा ५६ लाख ७५ हजार ३२ र रुसमा १७ लाख ८१ हजार ९ सय ९७ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ६२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १२ लाख ६२ हजार २ सय ५१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ३८ हजार ९७, ब्राजिलमा १ लाख ६२ हजार ६ सय २८, मेक्सीकोमा ९५ हजार २७, बेलायतमा ४९ हजार ३ सय २९, इटालीमा ४१ हजार ७ सय ५० जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड ३२ लाख ३३ हजार ५ सय १७ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५१ लाख ६३ हजार २ सय २६, अमेरिकामा ३९ लाख २८ हजार ८ सय ४५, रुसमा १३ लाख २६ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ९७ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ५७ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय १ सय २६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८५ लाख ५३ हजार ६ सय ५७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २६ हजार ६ सय ११ पुगेको छ। भारतमा हालसम्म ७९ लाख १७ हजार ३ सय ७३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ४४ हजार ८ सय ३९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १८ हजार ८ सय ८१ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २१ हजार ९ सय २१ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ९२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ३९ हजार ७ सय ६८ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार २ सय ९७ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ७४ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ७ सय २१ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ९ जना रहेको छ। मृत्यु हुनेको संख्या ४० छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार १ सय ३२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या १४ हजार २ सय ८५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ३५ छ भने निको हुनेको संख्या ८ हजार ८ सय ८० रहेको छ।
भुटानमा संक्रमितको संख्या ३५९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३३८ छ।