काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै जनसंर्घष गर्ने निर्णय गरेको छ।
राप्रपा अध्यक्षत्रयको मंगलबार बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको छ। स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने निर्णय पनि बैठकले गरेको छ।
कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे समेत छलफल भएको अध्यक्ष कमल थापाले बताए। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो।