काठमाडौं– पछिल्लो २४ घण्टामा थप ८५३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा १ लाख ६० हजार ५ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर भएको छ।
मन्त्रालयका अनुसार एक हजार ५८ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।