काठमाडौं - हेल्थ फाउण्डेशन नेपालको बोर्ड निर्देशकमा बिनिता अधिकारी चयन भएकी छिन्। फाउण्डेशनको सातौं वार्षिक सम्मेलनले बोर्डको निर्देशकका रुपमा अधिकारीलाई चयन गरेको हो।
उप निर्देशकका रुपमा डा खगेन्द्र दाहाल, अध्यक्षमा डा अशोक देवकोटा, मुना तिम्सिना र डा मनोज भट्टराई उपाध्यक्षमा, महासचिवमा द्रोण पाण्डेय, कोषाध्यक्षमा बिमला देवकोटा सहित २३ सदस्यीय कार्यसमिति छनोट भएका छन्। यी कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
यही नोभेम्बर ६ र ७ मा भएको सम्मेलन फेसबुक लाइभ र जुमको माध्यमबाट आयोजना गरिएको थियो। सम्मेलनमा १ सय ५० बढी सहभागी भएका थिए।
अमेरिका बस्ने नेपाली युवा स्वास्थ्य व्यवसायी सहित केही अमेरिकी स्वास्थ्यकर्मीहरुद्धारा स्थापित हेल्थ फाउण्डेशन नेपालले स्वास्थ्य र कम्प्युटर साक्षरता कार्यक्रम, मानसिक स्वास्थ्य र पुनर्वास, ग्रामी स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दैछ।