काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ।
बुधबार ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमितमध्ये २८ हजार ३ सय ९३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ७ सय ४३, प्रदेश २ मा ९५२, लुम्बिनी प्रदेशमा ४०४, सुदूरपश्चिम प्रदेशमा ८९३, गण्डकी प्रदेशमा २१२१ र कर्णाली प्रदेशमा ३३७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।