काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड २० लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड २० लाख ४१ हजार ४ सय ४१ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड २ लाख ३९ हजार २ सय ८ सय ८९ पुगेको छ। त्यस्तै भारतमा ८६ लाख ३६ हजार ११, ब्राजिलमा ५७ लाख ४७ हजार ६ सय ६० र रुसमा १८ लाख २२ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ८२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १२ लाख ८२ हजार ४६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४० हजार ९ सय १९, ब्राजिलमा १ लाख ६३ हजार ३ सय ६८, मेक्सीकोमा ९५ हजार ८ सय ४२, बेलायतमा ५० हजार ४ सय ५७, इटालीमा ४२ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड ३८ लाख ६९ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५२ लाख २२ हजार ९ सय ३७, अमेरिकामा ३९ लाख ९७ हजार १ सय ७५, रुसमा १३ लाख ६० हजार ४९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख २ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय १ सय ७४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८६ लाख ३६ हजार ११ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २७ हजार ५ सय ७१ पुगेको छ। भारतमा हालसम्म ८० लाख १३ हजार ७ सय ८३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ४८ हजार १ सय ८४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार २१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २० हजार ६५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार ३ सय ५३ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार १ सय २७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ४३ हजार १ सय ३१ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार ६ सय ९ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ८१ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ९ सय ६७ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ५९ जना रहेको छ। मृत्यु हुनेको संख्या ४१ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार १ सय ९९ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या १५ हजार ३ सय ५० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ४६ छ भने निको हुनेको संख्या १० हजार १ सय ८३ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३६४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३४३ छ।