काठमाडौं - सरकारले महिनावारीको समयमा प्रयोग हुने स्यानिटरी प्याडको गुणस्तर निर्धारण गरेको छ। नेपाल गुणस्तर परिषदको १ सय ५ औं बैठकले स्यानिटरी प्याडको गुणस्तर निर्धारण गरेको हो।
गुणस्तरीय कपास, राम्रोसँग सोस्न सक्ने क्षमता भएको र चुहावट नहुने किसिमको सामग्रीहरु स्यानिटरी प्याडमा प्रयोग गर्नुपर्नेछ। मोटो तथा पातलो न्यापकिन र विभिन्न आकार र डिजाइन हुनुपर्ने बैठकले निर्णय गरेको छ।
यसका निर्माताले स्यानिटाइजर प्याडमा प्रयोग गरिएका सुरक्षित कच्चा पदार्थहरु प्रयोग गरिएको सुनिश्चित गर्नुपर्नेछ। आर्थिक वर्ष २०७६÷७७ मा मात्र २ अर्ब १८ करोडको स्यानिटरी प्याड र ट्याम्पोन्स आयात भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।