काठमाडौं- स्वास्थ्य तथा जनसंख्याले तिहारको समयमा अस्पताल,विभाग, काउन्लिसलगायतलाई पालो पहरामा खटिने व्यक्तिको विवरण पठाउन परिपत्र गरेको छ। मन्त्रालयले आज ती संस्थालाई विवरण पठाउन परिपत्र गरेको हो।
मन्त्रालयले तिहारमा लामो बिदा पर्नेभन्दै सो समयमा ती कार्यालयको रेखदेखमा खटिने व्यक्तिहरुको विवरण, सम्पर्क मोबाइल नम्बर प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालयमा समेत पठाउन पत्राचार गरेको छ।
मन्त्रालयले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान, वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मानसिक अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, कोशी अस्पताल स्वास्थ्य बीमा बोर्ड, नारायणी अस्पताल, भरतपुर अस्पताल,भेरी अस्पताल, डडेलधुरा अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र,विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई पत्राचार गरेको छ।
त्यसैगरि, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, सिंहदरवार वैद्यखाना विकास समिति,नेपाल फार्मेसी परिषद, नेपाल मेडिकल काउन्सिल, आयुर्वेद चिकित्सा परिषद्,नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, मनमोहन कार्डियोथेरासिक भास्कुर सेन्टर, नेपाल नेत्रज्योति संघ, विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, औषधि व्यवस्था विभाग, त्रिवि शिक्षण अस्पताल(सुरेश वाग्ले क्यान्सर केन्द्र), स्वास्थ्य सेवा विभाग,राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय एड्स तथा यौनरोग केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रि आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयुर्वेद चिकित्सालय, राष्ट्रिय ट्रमा सेन्टर,राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र पशुपति होमियोप्याथी चिकित्सालय तथा यूनानी औषधालयलाई मन्त्रालयले परिपत्र गरेको छ।
