काठमाडौं - सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदले गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
नेपाल अर्बद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति गठनका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ।