काठमाडौं– बनेपास्थित क्युबिडी फर्मास्युटिकल कम्पनीले पुनः रगत पातलो बनाउने (एन्टिकोअलुगेन्ट) औषधि रिभारोक्सबन बजारमा ल्याएको छ।
रिभारोक्स ब्राण्डमा रिभारक्सब्यान औषधिले रगतको पातलो बनाउन मद्दत गर्ने कम्पनीका बजार प्रबन्धक ऋषिकेष भण्डारीले जानकारी दिए।
यसअघि कम्पनीले रगत पातलो गर्ने (एन्टिकोअलुगेन्ट) डबिकलट ब्राण्डको डबिगटन नामक औषधि बजारमा ल्याइसकेको भण्डारी बताउँछन्।
रिभरक्सब्यान औषधि २.५, १०, १६ र २० एमजीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
क्युबिडी फर्मास्युटिकल कम्पनीले ८ महिनाको अन्तरालमा १२ वटा औषधि उत्पादन गरिसकेको छ। कम्पनीले नेपालमा नपाइने औषधिहरु उत्पादनमा जोड दिने भण्डारी दावी गर्छन्।
