काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड २६ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड २६ लाख ४३ हजार ९ सय ३९ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ५३ लाख ५ हजार ८ सय २८ पुगेको छ। त्यस्तै भारतमा ८६ लाख ८३ हजार ९ सय १६, ब्राजिलमा ५७ लाख ८१ हजार ५ सय ८२ र रुसमा १८ लाख ४३ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ९१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १२ लाख ९१ हजार ९ सय २१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४२ हजार ६ सय ५४, ब्राजिलमा १ लाख ६४ हजार २ सय ८१, मेक्सीकोमा ९६ हजार ४ सय ३०, बेलायतमा ५१ हजार २०, इटालीमा ४३ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड ४० लाख ९२ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५२ लाख ५४ हजार ४ सय ५७, अमेरिकामा ४० लाख ५१ हजार २ सय ५६, रुसमा १३ लाख ७८ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ४ हजार २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय १ सय ८९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८६ लाख ८३ हजार ९ सय १६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २८ हजार १ सय २१ पुगेको छ। भारतमा हालसम्म ८० लाख ६६ हजार ५ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ४९ हजार ९ सय ९२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ५५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २० हजार ८ सय ४९ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २७ हजार १ सय ९८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार १ सय ४० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ४४ हजार ८ सय ६८ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार ७ सय ९५ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार २४जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८५ जना रहेको छ। मृत्यु हुनेको संख्या ४१ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार २ सय २५ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या १५ हजार २ सय १७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ४८ छ भने निको हुनेको संख्या १० हजार ६ सय ५३ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३६४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३४५ छ।