धनगढी- कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा सहायता कक्ष स्थापना गरिएको छ। बिमा बोर्डले सञ्चालनमा ल्याएको यो पहिलो सहायता कक्ष हो।
दक्षिण कोरियाली सहयोग नियोग (कोइका) को सहयोग, नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको समन्वय र जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सहायता कक्षको बिहीबार उद्घाटन गरिएको हो।
कक्षको जोशीपुर गाउ“पालिकाका अध्यक्ष रामकृष्ण चौधरी, स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्र, बिमा बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए।
सो अवसरमा गाउ“पालिका अध्यक्ष रामकृष्ण चौधरीले सहायता कक्षले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए। उनले भने– अहिले बिमाबारे धेरै मानिसलाई जानकारी छैन। त्यसैले अधिकांश कार्यक्रममा समावेश हुन सकेका छैनन्।
उनले सहायता कक्षमा बिमितका गुनासाहरूको पनि सम्बोधन गर्न मद्दत पुग्ने बताए।
गाउ“पालिका उपाध्यक्ष गीता कठरियाले गाउ“पालिकाले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क विमित्त बनाउने कार्यक्रम अघि बढाएको बताइन्। उनले भनिन– गत वर्ष गाउ“पालिकाका दुई सय घर परिवारको निःशुल्क बिमा गर्ने योजना थियो। तर कोरोनाका कारण कार्यक्रम गर्न सकिएन। यस वर्ष हामीले दुई सय घरपरिवारको बिमा गर्ने कार्यक्रम बनाएका छौं।
स्वास्थ्य निर्देशनालयका डा भुषण मिश्रले बिमाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई स्वास्थ्यको पहु“चमा ल्याउने भए पनि अहिले पनि प्रदेशमा प्रभावकारी हुन नसकेको बताए। उनले भने– सेवाप्रदायक संस्थाको कमजोरी हो या विमित्तको कमजोरी हो यसबारे पहिचान गरी कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ।
बिमा बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले बोर्डले पूर्ण विमित्त वडा तथा स्थानीय तह अभियान सञ्चालन गर्ने तयारी रहेको बताए। उनले भने– प्रदेशका ९ वटै जिल्लामा बिमा कार्यक्रम लागू छ। अब पूर्ण विमित्त अभियान सञ्चालन गरी सबैलाई बिमा कार्यक्रममा समावेश गरिने छ। उनका अनुसार प्रदेशभर हालसम्म एक लाख ३० हजार बढी बिमित रहेका छन्।