काठमाडौं- अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले त्रिवि शिक्षण अस्पताल र वीर अस्पताललाई हाई फ्लो नेजल क्यानुला उपलब्ध गराएको छ।
फाउन्डेसनले त्रिवि शिक्षण अस्पताल र वीर अस्पताललाई २० लाख बराबरको दुई÷दुई वटा हाई फ्लो नेजल क्यानुला उपलब्ध गराएको हो।
कोरोनाका गम्भीर खालका बिरामीको उपचारमा प्रभावकारी हुने भन्दै उक्त सामग्री अस्पताललाई सहयोग गरिएको फाउन्डेसन नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले जानकारी दिए। विशेषगरी अक्सिजनको कमी भएर सिकिस्त भएका बिरामीका लागि यो प्रभावकारी हुने उनले बताए।
भेन्टिलेटर चाहिने कोरोनाका बिरामीलाई हाई फ्लो नेजल क्यानुलाको माध्यमबाट बचाउन सकिने उनको भनाइ छ। यसको माध्यमबाट प्रतिमिनेट ६० देखि ८० अक्सिजन दिन सकिने फाउन्डेसनले जनाएको छ।