काठमाडौं – विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ३८ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ३८ लाख ४३ हजार २ सय ७० जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ८८ लाख ८ हजार ३ सय ७२ पुगेको छ। त्यस्तै भारतमा ८७ लाख ७३ हजार ४ सय ७९, ब्राजिलमा ५८ लाख ४८ हजार ९ सय ५९ र रुसमा १८ लाख ८७ हजार ८ सय ३६ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ लाख ९ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार १३ लाख ९ हजार ७ सय ८४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४५ हजार ५ सय ७४, ब्राजिलमा १ लाख ६५ हजार ६ सय ५८, मेक्सीकोमा ९७ हजार ६ सय २४, बेलायतमा ५१ हजार ८ सय ५८, इटालीमा ४४ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड ४६ लाख ७६ हजार ९ सय ५५ जना संक्रमणमुक्त भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५२ लाख ७९ हजार ४ सय ५२, अमेरिकामा ४१ लाख ४८ हजार ४ सय ४४, रुसमा १४ लाख १५ हजार २ सय १३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ८ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय २ सय १५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८७ लाख ७३ हजार ४ सय ७९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २९ हजार १ सय ८८ पुगेको छ। भारतमा हालसम्म ८१ लाख ६३ हजार ५ सय ७२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ५४ हजार ४ सय ६१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार १ सय ९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २२ हजार ४ सय १४ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३० हजार ४ सय ९६ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ४७ हजार ८ सय ४९ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४३ हजार ३५ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ५ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ६७ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार १ सय ५४ जना रहेको छ। मृत्यु हुनेको संख्या ४२ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार २ सय ६२ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या १६ हजार ५ सय ८३ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ४८ छ भने निको हुनेको संख्या ११ हजार ३ सय २४ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३६९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३४८ छ।