काठमाडौं- स्याङजा पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
उनलाई कात्तिक २५ गते कोरोना पृष्टि भएको थियो।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितका कारण मृत्यु हुनेको संख्या १२७ पुगेको छ।