काठमाडौं- गुनिल–७, रोल्पा निवासी ७७ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ः१० मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी ज्वरो श्वासप्रश्वासमा समस्या भई कात्तिक १६ गते अस्पताल भर्ना भएकी थिइन्। उनको सोही दिन कोरोना पृष्टि भएको अस्पताललले जनाएको छ।
उनी दम र मधुमेहकी बिरामी थिइन्।