काठमाडौं - नेपालमा कोरोना संक्रमित मृतकको संख्या १६ सय नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १७ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन १ हजार १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको छ। हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।