काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख ३० हजार ५ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ ३ प्रतिशत रहेको छ ।
आज मन्त्रालयका अनुसार ६ हजार २ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ५ हजार ९ सय ७२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ सय २५ जना क्वारेन्टाइनमा छन्। नेपालमा १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।