काठमाडौं– देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
मंगलबार १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २९ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १०२३, प्रदेश २ मा १५१, लुम्बिनी प्रदेशमा ९८५, सुदूरपश्चिम प्रदेशमा ७०८, गण्डकी प्रदेशमा २३६ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।