काठमाडौं - देशभर हाल तीन वटा जिल्लामा मात्र पाँच सय बढी कोरोना संक्रमित छन्। काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ४ हजार २ सय २५, ललितपुरमा ८ सय ५७ र कास्कीमा ६ सय ६१ जना संक्रमित छन्। हाल मनाङ्ग जिल्लामा मात्र शून्य संक्रमित छन्।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। जसमध्ये १० हजार ९ सय ९४ जना मात्र सक्रिय संक्रमित छन्।