काठमाडौं - नेपाल स्वयंसेवी रक्तदाता समाज १९ वडा नगर समिति काठमाडौंले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन्।
महिला र पुरुष गरी ३८ जनाले रक्तदान गरेको समितिले जनाएको छ। कार्यक्रममा प्रतिनिधि सभाका सभासद् जीवनराम श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, काठमाडौं महानगरपालिका १८ का वडाध्यक्ष न्हुछेकाजी महर्जन लगायतको उपस्थिति थियो।
कार्यक्रममा समितिका पदाधिकारीका साथै सदस्यहरुलाई आजीवन प्रमाण पत्र, नारा अंकित टिसर्ट समेत प्रदान गरिएको थियो।