काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६० देखि ७० वर्ष उमेरका व्यक्तिको संख्या धेरै रहेको पाइएको छ।
कुल मृत्यु संख्या १ हजार ७ सय ४९ मध्ये ६० देखि ७० वर्ष उमेरका मृतकको संख्या मात्र ४ सय ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ सय ९२ पुरुष र १ सय १३ जना महिला छन्।
दोस्रो नम्बरमा सबैभन्दा बढी मृत्यु हुने उमेर समूह ७१ देखि ८० वर्षका छन्। २ सय ६६ पुरुष र १ सय १० गरी ३ सय ७६ जना मृतक ७१ देखि ८० उमेर समूहका छन्।
५१ देखि ६० वर्ष उमेरका २ सय १३ पुरुष र ८० महिला गरी २ सय ९३ जनाको मृत्यु भएको छ। ८० उमेर कटेका मृतकको संख्या १ सय ५८ पुरुष र ७९ महिला गरी २ सय ३७ जना रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, ४१ देखि ५० उमेर समूह मृतकको संख्या १ सय ४९ पुरुष र ५१ महिला गरी २ सय जना छन्।
३१ देखि ४० वर्ष उमेरका ९३ पुरुष र ४१ महिला गरी १ सय ३४, २१ देखि ३० वर्ष उमेरका ३९ पुरुष र २८ महिला गरी ६७, ११ देखि २० वर्ष उमेरका १२ पुरुष र १३ महिला गरी २५ र १० वर्ष सम्मका ४ बालक र ८ बालिका गरी १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।