काठमाडौं - नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १६ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन ७ सय १० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।