काठमाडौं - देशभर हाल ३ सय ३० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ७९ जना आइसियु र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २१ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ४ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ७ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ८ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ५ हजार ३ सय ६४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ८ हजार ८ सय ४० कुल सक्रिय संक्रमितमध्ये ५ हजार ३ सय ६४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार ६ सय ७० जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा ३ सय १०, प्रदेश २ मा ६३, गण्डकी प्रदेशमा ८ सय ४१, लुम्बिनी प्रदेशमा ८ सय १७, कर्णालीमा ८७ र सुदूरपश्चिममा ५ सय ७६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।