Covid-19.jpg
काठमाडौं- बेलायतमा फैलिएकाे काेराेना भाइरसबाट विश्वभरी नया त्रास फैलिएकाे छ। विश्वका धेरै देशहरुले बेलायत आवत जावतमा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि मंगलबारदेखि राेक लगाएकाे छ। करिब एक दर्जन देशले यसरी हवाई सेवामा राेक लगाएका छन्।
तर यसरी फैलिएकाे काेराेनाबारे विज्ञहरुले हवाई यात्रा राेक लगाउँदैमा नहुने चेतावनी दिएका छन्। एक अमेरिकी डाक्टरले याे भाइरस अमेरिकाबाट फैलिएकाे हुन सक्ने आशंका गरेका छन्। सिएनबिसीकाे रिपोर्टिङअनुसार अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका पूर्वप्रमुख स्कट गाेटबिलले याे भाइरस अमेरिकामा भएकाे र यात्रा प्रतिबन्ध लगाएर नराेकिने बताए।
याे विश्वभरी फैलियकाले यसमा विविधता देखा पर्ने उनले बताए। अमेरिकाकाे प्रमुख संक्रामक राेग प्रमुख एन्थनी फाउचीले अमेरिकाबाटै फैलिएको भन्ने कुराकाे धेरै आशंका भएकाे बताए।
याे पहिले नै अमेरिकामा भएकाे हुनसक्ने उनकाे बुझाइ छ। बोस्टनका महामारी राेग विशेषज्ञ शिरा डाेरेनेले भने अमेरिकाबाट नफैलिएकाे बताए। उनले मानिसहरू लगातार यात्रा गरिरहेकाले अब अमेरिकामा देखिन सक्ने उल्लेख गरे। काेराेना भारइरसकाे नयाँ रुप विश्वभरी हावी हुन सक्ने बेलायत सरकारका सल्लाहकारसमेत रहेका वैज्ञानिक कलुम सेपलले चेतावनी दिएका छन्।
बेलायतले काेराेनाकाे नयाँ स्ट्रेन ७० प्रतिशतसम्म अधिक संक्रामक भएकाे बताएका छन्।